समसामयिक :

महानगरद्वारा सानो पाइला बचत तथा ऋण सहकारी संस्था कार्यालयमा शिलबन्दी

बिहीबार, पुस २६, २०८०

बीरगन्ज । बीरगन्ज महानगर पालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्था बीरगन्ज कार्यालयमा बिहीवार शिलबन्दी गरेको छ ।

National medical suchna

बीरगन्ज महानगरपालिका सहकारी शाखा प्रमुख सुनिल कुमार कर्णले वडा न ६ का वडा अध्यक्ष जय प्रकाश शाह अग्रवाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव, वडा प्रहरी कार्यालय बीर्ताको प्रतिनिधि प्रहरी सहायक निरीक्षक राम इश्वर महतोको रोहवरमा सानो पाइला सहकारीमा शिलबन्दी गरिएको बताए । 

सानो पाइला बचत तथा ऋण सहकारी संस्था बीरगन्जले बचतकर्ताको करोडौ रुपैया फिर्ता नगरिरहेकोले कार्बाहीको प्रकृया अगाडी बढाएको र सोही क्रममा आज शिलबन्दी गरी थप निरन्तरता दिएको बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिनु भयो।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय