समसामयिक :

कालिकामाईमा नितीगत भ्रष्टाचार : पालिकाको बजेट ससुरोको उत्पादन खपाउन प्रयोग

बुधबार, पुस २५, २०८०

वीरगञ्ज। कालिकामाई गाउपालिकामा तिन जना कलवार नातेदारहरू मिलेर नितीगत भ्रष्टाचार गरिरहेको पाईएको छ ।

National medical suchna

पालिका अध्यक्ष बिशष्ठ कलवार,कार्यपालिका सदस्य हरिओम साह कलवार र उनका ससुरा पर्ने सप्लायर तारा प्रसाद कलवारले पालिकाको बजेटमा रजाई गरिरहेको पाईएको हो । 

पालिकाको अध्यक्ष बशिष्ठ कलवारको योजनाबाट वडा नम्बर ४ मा मात्र ४७ लाखको सामाग्री बितरण गर्ने बजेट बिनयोजित छ ।

त्यसमा १० लाखको जैविक मल,७ लाखको तरकारी बिउ,५ लाखको स्प्रे टंकी लगायतको सामग्री बितरण गर्ने योजना छ ।

सो वडामा बिगत तिन वर्षमा २५ लाख भन्दा बढीको जैविक मल वितरण भईसकेको छ ।  तिनै पटक तारा प्रसाद कलवारले मल उपल्बध गराएका छन ।

आईतवार पुनः यसवर्षको योजना अनुसार चार वटा ट्रेक्टरमा १३ सय बोरा जैविक मल बोकी हरिओम कलवार र तारा प्रसाद कलवार कालिकामाई वडा नम्बर ४ मा पुग्दा स्थानियले बिरोध सुरू गरे ।

बिगत तिन वर्ष देखि जैविक मल वितरण हुदै आएपनि यसबाट उत्पादनमा कुनै  उपलब्धि नभएको भन्दै स्थानिय कृषकले मल बितरणमा बिरोध जनाएका छन ।

पालिकाले वार्षिक रूपमा छुट्याएको बजेट आफ्नो नातेदारको उत्पादन सकाउने काम मात्र भएको स्थानियले बताएका छन । 

प्रतिबोरा ७ सय ६० मा पर्ने रूखब्रान्डको करिब १३ सय बोरा मल बितरणको लागि लगिएको छ । सोमबार र मंगलवार स्थानियले बिरोध गरेपछि मल त्यसतै राखिएको छ ।

पालिका अध्यक्ष बिशष्ठ कलवारले कुनै पनि हालतमा जैविक मल वितरण गर्ने संचार माध्यममा बताएका छन । यता स्थानियले पनि कुनै पनि हालतमा बितरण हुन निदने बताईरहेका छन ।

पालिकाको बजेट आफ्नो नातेदारको माल खपाउन कै लागि प्रयोग भएको स्थानियले जितेन्द्र गुप्ताले बताए ।

उनले भने " साचिकै यदि किसानको उत्पादन बढाउन कै लागि जैविक मल वितरण भईरहेको हो भने , अहिले सम्म भएको लगानीमा जैविक मल को उधोग नै वडामा स्थापित भईहाल्थियो " तर यहाँ त नातेदार मिलेर बजेट सिध्याउने खेल मात्र गरेकाे गुप्ताले बताए ।

बिज्ञ बोलाई यस मलबाट कृषकलाई फाईदा भएको नभएको स्पष्ट गर्नु पर्ने आफुहरूको मांग रहेको उनले बताए । 

बिगत तिन वर्ष देखि तत्कालिन वडा अध्यक्ष र अहिले मनोनित कार्यपालिका सदस्य हरिओम कलवार र उनका ससुरा पर्ने कैप्टन फर्मको जैविक मल निर्माता तारा प्रसाद कलवारले पालिकाको बजेटमा जैविक मल बितरण गर्दै आएका छन ।

वडावासीलाई निशुल्क वितरण भनिएको मलको एउटै वडाको लागि वार्षिक १० लाख पालिका बाट भुगतानी भएको छ । 

अध्यक्ष बशिष्ठ कै पैनलमा वडा नम्बर ४ को अध्यक्षमा चुनाव लडेका हरिओम पराजित भएपछि नातेदार भएकै कारण उनलाई कार्पालिकामा मनोयन गरिएको हो । 

पालिका अध्यक्ष र कार्पालिका सदस्य कलवार द्वयले आफ्नो ससुरा पर्ने तारा कलवारको उत्पादन खपाउन हरेक वर्ष पालिकामा जैविक मल वितरणको बजेट छुट्याउने गरेका छन ।

बिना टेन्डर र प्रतिष्पर्धाको हचुवाको भरमा प्रत्येक वर्ष तारा प्रसाद कलवारले लाखौको मल सप्लाई गर्दै आएका छन ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय