समसामयिक :

लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मदिवसको अवसरमा मेहन्दी प्रतियोगिताको आयोजना

मंगलबार, पुस २४, २०८०

वीरगञ्ज, पुष २४ । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४५ औं जन्म दिवसको अवसरमा साता ब्यापी कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, ग्रीन क्याम्पस, विजयपथ, र ग्रीन सिटीले आज संयुक्त रुपमा वीरगञ्जको सेस्मी ईन्टरनेशनल स्कुलमा मेहन्दी प्रतियोगिता आयोजना गरेको छ ।

National medical suchna

उक्त प्रतियोगितामा कक्षा ७ देखि कक्षा १० मा अध्ययनरत १५ जना छात्राहरुले भाग लिएका थिए ।

प्रतियोगितामा सेस्मी ईन्टरनेशनल स्कुल कक्षा ९ मा अध्ययनरत स्वेच्छा साह प्रथम, सिर्जना साह द्वितीय र कक्षा ८ मा अध्ययनरत सेनी गुप्ता तृतीय भएकी थिइन् ।

विजयी छात्राहरुलाई कार्यक्रमका अतिथिहरुद्वारा विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो ।  

लायन्स क्लब अफ वीरगञ्ज ग्रीन क्याम्पसका अध्यक्ष लायन प्रजय हरलालकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा.रमेश अग्रवाल, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन बासु तिमिल्सिना,

डिष्ट्रिक्ट क्याबिनेट ट्रेजर लायन राम बिहारी पाण्डे, एरिया नम्बर ३ का एरिया चिफ लायन उमेश शर्मा, एरिया ट्रेजर लायन आश्मा सिंह यादव, पुर्व डिष्ट्रिक्ट डेपुटी ट्रेजर लायन उमेश साह कानु,

डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन अजय साह, लायन रिया अधिकारी, लायन जितेन्द्र चौधरी लगायत विद्यालयका अन्य शिक्षक शिक्षिकाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका ममता प्रिया जैसवालले गरेकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय