सुरक्षा तथा अपराध :

पर्सा प्रहरीद्वारा ४२ किलो गाँजाको धुलोसहित दुई जना पक्राउ

आइतबार, पुस २२, २०८०

वीरगन्ज। पिकअप गाडीमा चालकको सिटमुनि लुकाएर लगिरहेको अवस्थामा प्रहरीले ४२ किलो गाँजाको धुलोसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पिकअप चालक मकवानपुर भिमफेदी गाउँपालिका– ९ स्यारसे निवासी ३४ वर्षीय सुमन ब्लोन र सहचालक पर्साको पटेर्वासुगौली गाउँपालिका– ४ निवासी ४० वर्षीय विनोद रामलाई नियन्त्रणमा लिएको छ ।

सुराकीका आधारमा शनिबार राति करिब साढे ९ बजे पर्साको सखुवाप्रसौनी गाउँपालिका– ५ महुवन चोकस्थित गण्डक नहरमा बा।प्र।०३ ००१ च १५४० नम्बरको पिकअप गाडी चेकजाँच गर्दा चालकको सिटमुनि ४२ पोका गाँजाको धुलो बरामद गरेकोथियो ।

जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नाउव उपरीक्षक कुमार विक्रम थापाका अनुसार इलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी महुवनबाट खटिएको टोलीले गण्डकबाट देवरीयातर्फ जाँदै गरेको पिकअपलाई चेकजाँच गर्दा गाँजाको धुलो बरामद भएको थियो ।

चालकको सिटमुनि लुकाई छिपाई राखिएको लागूऔषध गाँजा प्लाष्टिकमा टेपले बेरिएको अवस्थामा बरामद भएको थियो । उनीहरुमाथि लागूऔषध कसूरमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय