खेलकूद :

नेपाल सुपर लिग: आजको खेलमा काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड भिडदै

बिहीबार, पुस ५, २०८०

वीरगन्ज । नेपाल सुपर लिग एनएसएल फुटबलमा बिहीबार काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड भिड्ने छन्।

National medical suchna

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे शुरु हुने खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो। 

६ खेलबाट ९ अंक जोडेर तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौं प्लेअफको सम्भावना कायम राख्न यो खेलमा जित्नुपर्ने दबाबमा छ। अंक तालिकाको अन्तिम स्थानमा रहेको वीरगञ्ज सान्त्वना जितको खोजीमा छ। 

जारी प्रतियोगितामा सात खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा रहेको पोखरा थण्डर्सले प्लेअफमा स्थान बनाइसकेको छ।

यसअघि बुधबारको खेलमा धनगढीलाई २–० गोलले पराजित गर्दै झापा एफसीले पनि प्लेअफको सम्भावना जीवित राखेको छ। 

झापा ७ खेलबाट १० अंकसहित चौथो स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय