सुरक्षा तथा अपराध :

पर्साको पोखरिया नगरपालिका भित्रै महिला कर्मचारीमाथि जबरजस्तीको प्रयास

शनिबार, मंसिर ३०, २०८०

वीरगन्ज — पर्साको पोखरिया नगरपालिकाको कार्यालयमै सरसफाइ गर्ने एक महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास भएको छ ।

National medical suchna

सरसफाइको नाममा शुक्रबार राति करिब साढे ९ बजेको समयमा कार्यालयमा बोलाइ सरसफाइका नाइकेले जबरजस्ती करणीको प्रयास गरेको महिला सरसफाइकर्मीले आरोप लगाएकी छन् ।

कारबाहीको माग गर्दै महिलाले शनिबार इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी समेत दिएकी छन् । घटनाको विरुद्धमा पोखरिया बजारमा शनिबार बिहान सरसफाइकर्मीले फोहोर संकलन गरेन् ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले नगरपालिकाको महिला सरसफाइकर्मीले आफूमाथि जबरजस्ती करणीको प्रयास भएको भन्दै उजुरी दिएको बताए ।

रातिदेखिनै आरोपित सरसफाइका नाइके रामबली हजारा फरार छन् । पीडित महिलाका अनुसार राति खाना पकाउने समयमा सरसफाइ गर्नु छ भन्दै नगरपालिकामा बोलाइएको थियो ।

‘कार्यालय भवनको भुइँ तल्लामा रहेको स्वास्थ्य शाखामा सरसफाइ गर्ने क्रममा नाइके रामबली हजाराले कोठाको चुकुल लगाएर जबरजस्ती करणी प्रयास गरेका थिए,’ ती महिलाले भनिन्, ‘मैले होहल्ला गर्न थालेपछि ढोका खोलेर पर्खाल हामफालेर भागेका थिए ।

’ नाइकेले 'अन्यले माथिल्लो तल्लामा सरसफाइ गर्दै छन्, तिमी यही भुइँ तल्लामा सरसफाइ गर' भन्दै काम लगाएका थिए । सरसफाइ शाखा प्रमुख विनोद पाण्डेले कार्यालयले समेत घटनाको यर्थार्थ छानबिन थालेको बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय