समसामयिक :

महानगरले परवानिपुरमा राखेको राँगाको मूर्ति स्थानीयले भत्काए

शनिबार, मंसिर ३०, २०८०

वीरगंज। वीरगन्ज महानगरपालिका कार्यालयले त्रिभुवन राजपथअन्तर्गत पर्ने परवानीपुर प्रहरी चौकी अगाडि राखेको राँगाको मूर्ति स्थानीयबासीले भत्काएका छन्।

National medical suchna

करिब तीन साता अगाडि महानगरपालिका कार्यालयले राजपथको बीचको प्वाइन्टमा राखेको राँगाको मूर्ति स्थानीयले शनिबार भत्काइदिएका हुन्।

महानगरपालिकाले सौर्न्दयकरण कार्यक्रमअन्तर्गत उक्त स्थानमा राँगाको मूर्ति राखेको थियो।

हनुमान मन्दिर नामले परिचित चोकमा राँगाको मूर्ति राखेर अपमान भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए।

यस विषयमा उनीहरुले दुई साता अघि वीरगन्ज महानरपालिकाका नगरप्रमुख राजेशमान सिंहलाई ध्यानाकर्षणसमेत गराएका थिए।

महानगरपालिका स्रोतका अनुसार उक्त स्थानबाट  राँगाको मूर्ति हटाउन नगर प्रमुख सिंह तयार भएका थिए। तर, दुई सातासम्म नहटाएपछि स्थानीयबासी आफैंले मूर्ति भत्काएका हुन्।

मूर्ति भत्काएको आरोपमा ५ जना स्थानीय युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता कुमारबिक्रम थापाले जानकारी दिए। यसमा संलग्न अन्यको खोजी भइरहेको उनको भनाइ छ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय