खेलकूद :

ललितपुर सिटी एफसी र वीरगन्ज युनाइटेडबीच आज प्रतिस्पर्धा हुँदै

मंगलबार, मंसिर १९, २०८०

वीरगन्ज । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र वीरगन्ज युनाइटेडबीच आज प्रतिस्पर्धा हुँदैछ ।

National medical suchna

त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा हुने खेल साँझ पाँच बजे सुरु हुनेछ । जारी लिगमा अपराजित रहेको ललितपुर आफ्नो चौथो खेल खेल्दैछ । 

वीरगन्जको भने यो तेस्रो खेल हो । जारी लिगमा सहभागी नौ टिममध्ये अंकविहीन वीरगन्ज एक्लो हो । तालिकाको पुच्छारमा रहेको वीरगन्ज पहिलो जितको खोजीमा छ ।

आफ्नो पहिलो खेलमा धनगढी एफसीसँग वीरगन्ज २ - १ गोलले पराजित भएको थियो ।
चितवन एएफसीसँग पनि २ - १ गोलकै हार बेहोरेको थियो ।

ललितपुरविरुद्ध मैदान उत्रिँदा दीप कार्कीको टोली लगातार तेस्रो हार टार्ने योजनामा हुनेछ । ललितपुरका लागि भने आजको खेल शीर्षस्थानमा पुग्ने अवसर पनि हो ।

जित हात पारे सात अंकका साथ पहिलो स्थानमा रहेको धनढीलाई ललितपुरले उछिन्ने छ । 

वीरगन्ज युनाइटेड एफसी पहिलो पटक सुपर लिग खेलिरहेकोले जिल्ला बासी दर्शकको साथ र समर्थन पनि माग्दै आएको छ । 

वीरगन्जका खेलाडीहरुले जारी सुपर लिग प्रतियोगिता हेरेर दर्शकको रूपमा समर्थन गर्न आग्रह गरेका छन ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय