समसामयिक :

सुरज होटलमा सञ्चालित फरचुन सिटी क्यासिनोमा 'नेपाली पाहुना'ले पाए पुरस्कार!

मंगलबार, मंसिर १२, २०८०

वीरगन्ज – वीरगन्जको आदर्शनगरमा रहेको सुरज होटलमा सञ्चालित फरचुन सिटी गेमिङ क्लब क्यासिनोमा एक नेपालीले लक्की ड्र मार्फत पुरस्कार पाएका छन् ।

National medical suchna

जबकि कानुनले नेपालीलाई क्यासिनो प्रवेशमा बर्जित गरेको छ । देश र विदेशमा सञ्चालित क्यासिनोले आफ्नो पाहुना (खेलाडी) लाई खुशी पार्न र आफ्नो व्यापार प्रवद्र्धन गर्न समय/समयमा इभेन्टको आयोजना गरि लक्की ड्र मार्फत विभिन्न पुरस्कार वितरण गर्ने गरेका छन् ।

वीरगन्जमा सञ्चालनमा रहेका क्यासिनोमा कानुन बमोजिम नेपाली प्रवेश गर्न मिल्दैन् । 

तर, गत आइतबार मंसिर १० गते फरचुन सिटी क्यासिनोमा वीरगन्ज आदर्शनगरको पानीट्यांकी निवासी पवन अग्रवालले लक्की ड्र मार्फत वन प्लस मोबाइल पुरस्कार प्रँप्त गरेपछि फरचुनमा निर्वाध रुपले नेपालीहरुले प्रवेश पाइरहेको पुष्टि भएको छ ।

क्यासिनोले मंसिर १० मा आयोजना गरेको इभेन्टका लागि भारतीय नायिका तनुश्री चर्टजीलाई आमन्त्रित गरेको थियो । चर्टजीले विभिन्न गीतमा नृत्य प्रदर्शन गरेकी थिइन् ।

क्यासिनोमा खेल्ने पाहुनाहरुको नाम चिठ्ठामा लेखी बक्सामा राखेर ‘लक्की ड्र’ गरिएको थियो । १० हजार भारतीय रुपैया भन्दा माथिको जुवा खेल्ने पाहुनालाई ‘लक्की ड्र’को कुपन दिइएको थियो ।

लक्की ड्र विजेतालाई नायीका चर्टजीले पुरस्कार हस्तान्तरण गरेकी थिइन् । 

फरचुन सिटी गेमिङ क्लब क्यासिनोका म्यानेजर बिनोद रावलले पवन अग्रवाललाई ‘सरपराईज गिफ्ट’ दिएको बताएका छन् ।

जबकि जुवा खेल्ने आउने पाहुनाको नामको चिठ्ठा मात्र लक्की ड्रको बक्सामा राख्ने गरिन्छ । ‘आइतबार कलाकरहरु आएका थिए, नृत्य हेर्न केही नेपाली पाहुना पनि आएका थिए,’ रावलले भने, ‘पवनजीलाई सरपराईज गिफ्ट दिइएको हो ।’

रावलले सरपराईज गिफ्ट दिएको दाबी गरेपनि उक्त दिन क्यासिनोमा उपस्थित पाहुनाहरुले पवन अग्रवालले जुवा खेल्नका लागि १० हजार भारतीय रुपैया भन्दा बढी रकम दिएर पाएको लक्की ड्रको कुपन मार्फत वन प्लस मोबाईल पाएको बताएका छन् ।

आर्दशन मूख्य सडकमै रहेको फरचुन क्यासिनोमा नेपालीहरु निर्वाध प्रवेश गरेको पुष्टि भएपनि प्रशासन भने मौन देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय