धर्म-कर्म :

छठ पर्व विधिवत रुपमा शुरु : आज पहिलो दिन नहाय–खाय

शुक्रबार, मंसिर १, २०८०

वीरगञ्ज । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने छठ पर्व आजबाट विधिवत शुरु भएको छ ।

National medical suchna

छठ गर्ने ब्रतालुहरुले आज नुहाई धुवाई गरि चोखो नितो भएर खाने गर्छन् । यसलाई नहाय खायेके भनिन्छ ।

ब्रतालुहरुले आज साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाएर उक्त प्रसाद अर्थात ‘रसीआव रोटी’ चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गर्ने गर्छन् ।

र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने गरिन्छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको छ ।

विशेषतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिईन्छ ।

यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त रहेका छन् ।

यसैबीच छठ पर्व नजिकिँदै गएपछि वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रूपमा श्रृङ्गारिने काम भइरहेको छ ।

छठमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला किन्न अहिले वीरगन्जसहित सम्पूर्ण तराई–मधेशका प्रमुख बजारमा निकै चहलपहल बढेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  २१:४९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय