सुरक्षा तथा अपराध :

वीरगंजबाट नक्कली नेपाली नोटसहित दुईजना पक्राउ

शुक्रबार, मंसिर १, २०८०

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले १ हजार दरका ३८ थान नेपाली नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ ।

National medical suchna

चाडबाडको मौका छोपी नेपाली जाली नोटको कारोबार मौलाएको सूचना प्राप्त भएपछि प्रहरीको विशेष टोलीले चलाएको जाँचको क्रममा २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराका उमेश कुमार र पर्साका रिषि पटेल रहेका छन। दुबै जनालाई घण्टाघर नजीक बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथ बाट एक हजार दरको ३८ थान नक्कली नेपाली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाले जानकारी दिए।

खोटा चलन सम्बन्धी मुद्दा अन्तर्गत म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख एसपी कोमल शाहले बताए।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  २१:४०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय