लागुऔषध :

पर्सा प्रहरीद्वारा खैरो हेरोइन सहित एकजना पक्राउ

शुक्रबार, मंसिर १, २०८०

वीरगंज। वीरगन्ज महानगरपालिका–४ गण्डकबाट असोज २८ गते लागूऔषधसहित पक्राउ परेका एक जनालाई पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बारा परवानीपुर गाउँपालिका–४ का ३५ वर्षीय ध्रुव राम छन् । 

वीरगन्जबाट परवानीपुरतर्फ जाँदै गरेको ना २१ प ४५८६ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकी खानतलासी गर्दा रामले मोटरसाइकलको लुकिङ ग्लासमा लगाएको कालो रङको रबरको खोलभित्र सेतो प्लास्टिकमा लुकाइ राखेको लागूऔषध खैरो हेरोइन ६ ग्राम ५ सय मिलि ग्राम फेला परेको थियो ।

उनीमाथि लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय