समसामयिक :

किंग्स क्यासिनो विरुद्ध भ्रमको खेती

सोमबार, कात्तिक २७, २०८०

वीरगन्ज – वीरगन्जको आदर्शनगर स्थित होटल लर्डस दियालोमा सञ्चालनमा रहेको किंग्स क्यासिनो विरुद्ध योजनावद्ध तरिकाले भ्रमको खेती भइरहेको छ ।

National medical suchna

विगत एक वर्षदेखि सञ्चालनमा रहेको उक्त क्यासिनोसंग सम्बन्धीत नै नरहेको विषयलाई जोडेर पछिल्लो समय भ्रमको खेती थालिएको सञ्चालकले दाबी गरेका छन् ।

योजनावद्धरुपमा प्रतिस्पर्धी क्यासिनोलाई मदत पुर्याउन किंग्स विरुद्ध गलत प्रचार गरिएको छ । किंग्स बाहेक वीरगन्जमा अन्य ३ वटा क्यासिनो विगत लामो समयदेखि सञ्चालनमा रहेका छन् ।

तर, ती क्यासिनोको सम्बन्धमा कहिले पनि समाचारहरु प्रकासशनमा आउंदैनन् । स्थानीय प्रहरी प्रशासनले समेत समय समयमा छड्के अनुगमन गरिरहेको हुन्छ ।

किंग्सका सञ्चालक कमल केसीका अनुसार उक्त क्यासिनोमा प्रत्यक्ष रुपले १ सय ७० जना स्थानीयले रोजगार पाएका छन् ।

देशमा आर्थिक मन्दी चलिरहेको समयमा स्थानीयले रोजगारी मात्र पाएका छैनन् वीरगन्जका होटलहरुको आर्थिक कारोबार पनि बढेको छ ।

क्यासिनोमा आउने पाहुनाहरु राती यहीको होटलमा बास बस्छन् । क्यासिनोले पर्यटन प्रवद्र्धनमा समेत योगदान पुगाएको छ ।

विशेष अवसरमा क्यासिनोहरुले आफ्ना पाहुनाहरुलाई लक्की ड्र मार्फत गिफ्ट ह्याम्पर दिने गरेका छन् ।

क्यासिनोको प्रवद्र्धनका लागि देश र विदेशमा सञ्चालनमा रहेका क्यासिनोहरुले ‘लक्की ड्र’ मार्फत उपहार दिनु सामान्य कुरा हो ।

तर, यहांचाहि ‘लक्की ड्र’ लाई सर्वसाधारणको बीचमा गएर चिठ्ठा काटेर खेलाउने गरि प्रचार गरिएको छ ।

क्यासिनो सञ्चालनमा आएको दिनदेखि आउने पाहुनाहरुलाई ‘लक्की ड्र’ मार्फत उपहार प्रदान गरिने सञ्चालक केसीले बताए ।

किंग्स क्यासिनोले सरकारलाई वार्षिक २ करोड रुपैया राजस्व बुझाउने गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय