समसामयिक :

मधेस प्रदेशकै पहिलाे क्युएफएक्स सिनेमा हल बीरगंजमा सञ्चालन

शुक्रबार, कात्तिक २४, २०८०

वीरगन्ज । मधेस प्रदेशकै पहिलो र एक मात्र मल्टीप्लेक्स सिनेमा हल बिरगंजमा सञ्चालनमा आएको छ ।

National medical suchna

वीरगन्जको आदर्शनगरस्थित “स्काइलाइन” बहुउद्देश्यीय मलमा नेपालकै सर्वोत्कृष्ट क्युएफएक्ससँगको सहकार्यमा मल्टीप्लेक्स सिनेमा हल सञ्चालनमा आएको हो ।

काठमाडौँ, पोखरा लगायत देशका अधिकांश ठूला सहरमा पहिल्यै स्थापित क्युएफएक्सले वीरगन्जको स्काइलाइन मल मार्फत मधेस प्रदेशमा प्रवेश लिएको हो ।

मल्टिप्लेक्स सिनेमा हलको बिहीबार पुर्व वनमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले समुद्घाटन गरेका हुन् ।

सांसद यादवले सञ्चालनमा आएकाे मल्टिप्लेक्स सिनेमा हलले सुस्ताएको वीरगन्ज बजारमा आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सुबिधा सम्पन्न मल्टिप्लेक्सको सुबिधा लिन काठमाण्डौ नै पुग्नु पर्ने बाध्यता अब हटेको भन्दै उनले वीरगन्जबासीले आफ्नै स्थानमा त्यो सुबिधा उपभोग गर्न पाउनु खुसीको कुरा भएको बताए ।

बिहीबारदेखि संचालनमा ल्याइएको मलमा रहेको क्यूएफएक्स सिनेमा हलमा तिन वटा छुट्टाछुट्टै अडीटोरियम स्क्रिनहरू छन् ।

जहाँ एकै पटक तिन वटासम्म चलचित्र देखाउन सकिने सञ्चालकहरूले जनाएका छन् । कूल ३ सय ८२ सिट सङ्ख्या रहेको हलका दुई वटा अडीटोरियममा रिक्लाइनर सिट पनि छ ।

सिनेमाको उत्कृष्ट अनुभव दिनका निमित्त अडीटोरियमहरूमा डल्बी साउण्ड सिस्टम जडान गरिएको छ भने एट्मस डल्बी सुविधा समेत रहेको छ ।

दर्शकहरूले क्यूएफएक्स वीरगन्जमा टिकट बुक गर्न क्यूएफएक्सको आधिकारिक एप, वेबसाइटको प्रयोग गर्न सक्ने छन् भने खल्ती वालेटबाट पनि टिकेट बुकिङको सुविधा रहेको छ ।

त्यस्तै मलकै पहिलो तल्लामा रहेको बक्स अफिस काउन्टरबाट पनि टिकट बुकिङ गर्न सकिने सुविधा रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय