खेलकूद :

भेट्रान सिटि क्लब वीरगन्जलाई ट्राईब्रेकरमा हराउदै नेपाल पुलिस क्लब फाईनलमा प्रवेश

बुधबार, कात्तिक २२, २०८०

वीरगञ्ज। नेपाल पुलिस क्लब प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

National medical suchna

आयोजक भेट्रान सिटि क्लब वीरगन्जलाई ट्राईबे्रकरमा हराउदै नेपाल पुलिस क्लब फाईनलमा प्रवेश गरेको हो । 

९० मिनेटको निर्धारित समयमा खेलको सुरु देखि रोमान्चक बनेको खेल बिना गोल बराबरी भएको हो ।

खेलमा दुवै टिम विना गोल बराबरी खेलेपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो ।

ट्राईब्रेकरमा दुबै टिम ७ ÷७ वटा पेनाल्टी हानेका थिए । जसमा नेपाली पुलिस क्लबले ५ गोल गर्न सफल भयो भने दुई वटा बल बाहिर गएको हो । 

यस्तै भेट्रान सिटि क्लबले ४ वटा गोल पेनाल्टी गोल गर्न सफल भयो भने ३ वटा बाहिर गएपछि नेपाल पुलिस क्लब जितेको हो । 

पहिलो पटक नेपाल पुलिसले ट्राईबे्रकरमा ५ वटा पेनाल्टी हानेको थियो । जसमा ३ वटा बल गोल र २ वटा किपरले रोकेका थिए ।

नेपाल पुलिस क्लबका जर्सी नम्बर १६ का खेलाडी उज्जवल राई , जर्सी नम्बर ८ का खेलाडी प्रताप गुरुङ्ग र जर्सी नम्बर ३ का खेलाडी पृथ्वी चौधरीले गोल गर्न सफल भए ।

भने जर्सी नम्बर ७ का रामचन्द्र वाजे र जर्सी नम्बर बुद्ध तामाङ्गले हानेको बल किपरले रोकेका थिए । 

त्यसपछि आयोजक भेट्रान सिटि क्लब वीरगन्जले ५ वटा पेनाल्टी हानेको थियो । जसमा ३ वटा बल गोल र दुई वटा गोल हुन सकेन । 

भेट्रान सिटि क्लबका जर्सी नम्बर १३ का खेलाडी हेम तामाङ्ग , जर्सी नम्बर १४ का खेलाडी सुजल डंगोल र जर्सी नम्बर १ का गोल किपर राजु नगरकोटी गोल गर्न सफल भएका थिए ।

भने जर्सी नम्बर ५ का खेलाडी मान बहादुर परियार र जर्सी नम्बर २ का खेलाडी राजन चौधरीले हानेको गोल किपरले रोक्न सफल भए । 
दुवै टिमको पेनाल्टी बराबरि भएपछि त्यसपश्चात पुन दुवै टिम थप दुई ÷दुई गोल पेनाल्टी हाने ।

त्यसमा नेपाल पुलिसका जर्सी नम्बर २ का हेमन्त श्रेष्ठ र जर्सी नम्बर २४ का विवेक सन्तोषीले गोल गर्न सफल भएका थिए ।

भने भेट्रान सिटि क्लबका जर्सी नम्बर ६ का विदेशी खेलाडी मुसाले गोल गर्न सफल भए भने जर्सी नम्बर १९ का खेलाडी कार्लोस पटेल बाहिर हानेपछि नेपाल पुलिस क्लब जितेको हो ।

खेलको म्यान अफ दी म्याच नेपाल पुलिस क्लबका जर्सी नम्बर १ का गोल किपर सत्रुघन चौधरी घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगितामा बिहिबार हुने दोस्रो सेमिफाईनल खेल त्रिभुवन आर्मी क्लब र संकटा क्लब बिच हुने आयोजकले जनाएको छ ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ ।

प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र र सिल्ड पाउने छन ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय