खेलकूद :

वीरगन्ज गोल्डकप : क्वाटर फाईनल खेलमा त्रिभुवन आर्मी क्लब विजयी

मंगलबार, कात्तिक २१, २०८०

वीरगञ्ज। प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाईनल खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

National medical suchna

झापा एफसीलाई त्रिभुवन आर्मी क्लबले २ –० गोल अन्तरले पराजित गरेको हो । 

९० मिनेटको निर्धारित समयको खेलको पहिलो हाफ त्रिभुवन आर्मी क्लबले १ गोल गरेर अग्रता बनाएको थियो ।

आदर्शनगर खेल मैदानमा जारी फुटबल प्रतियोगीताको अन्तिम क्वाटर फाईनल खेल जित संगै त्रिभुवन आर्मी क्लबले सेमिफाईनमा प्रवेश गरेको छ । 

खेलको पहिलो हाफदेखि त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धीलाई दबाब दिदै आएको थियो ।

सुरु देखि खेलमा दबाद बनाएको त्रिभुवन आर्मी क्लबले पहिलो हाफको ७ औ मिनेटमा पहिलो गोल प्रहार गरेको थियो ।

पहिलो गोलका त्रिभुवन आर्मी जर्सी नम्बर ७ का खेलाडी निरज कुमार साहले गरेका थिए । 

सुरु देखि दबाबमा परेका झापा एफसीले निरन्तर गोल खादै आएका थिए ।

पहिलो गोल खाएको झापा एफसीले खेलको खेलमा फर्केन प्रयास गरेपनि सकिरहेको थिएन ।

त्यसपछि दोस्रो हाफ सुरु हुने बेलामा झापाका एफसीका केहि खेलाडी परिवर्तन गरेर प्रवेश गरेको थियो । 

दोस्रो हाफ सुरु भएपछि खेलको ६१ औ मिनेटमा त्रिभुवन आर्मी क्लबका अर्को खेलाडी जर्सी नम्बर ३६ का फतेमान घले गोल प्रहार गरे । 

त्यसपछि निरन्तर गोल फर्कोउन प्रयास गरेका झापा एफसीका खेलाडी सकिरहेको थिएनन् ।

खेलको म्यान अफ दी म्याच त्रिभुवन आर्मी क्लबका खेलाडी जर्सी नम्बर ३६ का फतेमान घले घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगितामा बुधबार पहिलो सेमिफाईनल खेल आयोजक भेट्रान सिटि क्लब र नेपाल पुलिस क्लब बिच हुने आयोजक भेट्रान सिटी क्लब वीरगन्जका महासचिव बरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय