राजनीति :

रास्वपा छाडेका सापकोटालाई आजपा विदेश विभागको प्रमुखको जिम्मेवारी

मंगलबार, कात्तिक २१, २०८०

काठमाडौँ- प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले विदेश विभाग प्रमुखको जिम्मेवारी धर्मेन्द्र सापकोटालाई दिएको छ।

National medical suchna

पार्टीको अन्तरिम विधान २०७९ को धारा ३५ (ख) बमोजिम सापकोटालाई विभागको जिम्मेवारी दिइएको आजपाले जानकारी दिएको छ।

पार्टीले आफूलाई विदेश विभागको जिम्मेवारी दिएको जानकारी आफूले पाइसकेको सापकोटाले जानकारी दिए।

पार्टीले दिएको जिम्मेवारीलाई प्रभावकारी ढंगले निभाउने सापकोटाको प्रतिबद्धता छ।

सापकोटा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन जिल्ला सभापति थिए।

जिल्ला सभापतिबाट गत माघमा राजीनामा दिएका सापकोटा २५ असोज २०८० मा आजपा प्रवेश गरेका थिए।

सापकोटालाई सोमबार आजपा अध्यक्ष प्रभु साहले विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको महासचिव उपेन्द्र साहले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय