खेलकूद :

वीरगञ्ज गोल्डकप : नेपाल पुलिस क्लबले कलकत्तालाई पराजित गरे संगै सेमीफाइनलमा प्रवेश

मंगलबार, कात्तिक २१, २०८०

वीरगञ्ज। वीरगन्जमा जारी प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

National medical suchna

नेपाल पुलिस क्लबले कलकताको क्लाईभ हाउस डमडमलाई ७ –१ गोल अन्तरले पराजित गरेको हो । 

९० मिनेटको निर्धारित समयको खेलको पहिलो हाफ सम्ममा पुलिस क्लबले ५ गोल गरेको थियो ।

आदर्शनगर खेल मैदानमा सुरु भएको फुटबल प्रतियोगीतामा भएको खेलमा यो जित संगै पुलिस क्लब सेमिफाईनमा प्रवेश गरेको छ ।

प्रताप गुरुङको सानदार खेल प्रदर्शनले नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकपको तेस्रो खेलमा भारत कोलकताको क्लाईभ हाउस दम दम फुटबल क्लबलाई ठूलो अन्तरले पराजित गरेको छ ।

कात्तिक २२ मा खेलिने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान्स सिटी क्लब वीरगन्जको सामना गर्ने भएको छ ।

क्लाईभ हाउस कोलकाता विरुद्ध ५ गोल गरेका प्रताप गुरुङ म्यान अफ दिन म्याच घोषित भएका थिए ।

प्रथम वीरगन्ज गोल्डकपको आयोजक भेट्रान्स सिटी क्लबका उपाध्यक्ष सागर शम्सेर राणाले गुरुङलाई १० हजार रुपैया नगद पुरस्कार प्रदान गरेका थिए ।

खेलको सुरुदेखि नै हावी देखिएको नेपाल पुलिस क्लबले पहिलो हाफमै ५ गोलको अग्रता कायम गरेको थियो ।

खेलको २३ औ“ मिनेटमा प्रविन थापाको पासमा गोल गर्न सफल भएका प्रताप गुरुङले पहिलो हाफमा कूल ३ गोल गरे ।

विवेक सन्तोषी र प्रविन थापाले पनि पहिलो हाफमा एक÷एक गोल प्रहार गरेका थिए । दोस्रो हाफमा पनि नेपली पुलिस क्लबले आक्रमकता कायमै राखेको थियो ।

प्रताप गुरुङले दोस्रो हाफको १६ औ र १७ औ मिनेटमा उत्कृष्ट गोल गरेका थिए ।

खेलको अन्तिम समयमा डि बक्समा पुलिसका खेलाडीले फल खेलेपछि क्लाईभ हाउस कोलकाताले पेनाल्टी पाएको थियो ।

अमन मुन्सीले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको थियो । ७ गोल खाएको क्लाईभ हाउस कोलकाताले एक गोल मात्र फर्काउन सकेको थियो ।

मंगलबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र झापा फुटबल क्लबबीच हुने आयोजकले जनाएका छन् ।

मधेशकै उच्च धनराशी पुरस्कार राखिएको प्रथम वीरगन्ज गोल्डकपमा भारतका २ र नेपालका ६ गरी कूल ८ वटा टीमले प्रतिस्पर्धा गरेका छन् ।

विजेता टीमले ११ लाख ११ हजार ११ सय रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैया पुरस्कार राशी पाउने छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०६:१२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय