राजनीति :

वीरगंजलाई फुटबलको उर्वर भूमी बनाउन महानगर सँधै सहयोग गर्न तयार छ : मेयर सिंह

शनिबार, कात्तिक १८, २०८०

वीरगंज । मधेश प्रदेशकै उच्च धनराशिको प्रथम वीरगंज गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । 

National medical suchna

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजमा खेलकुद क्षेत्रलाई चलायमान बनाउन महानर सँधै तयार रहेको बताउनु भयो । 

वीरगंजलाई विगतको जस्तै फुटबलको उर्वर भूमी बनाउन सबैको साथको खाँचो रहेको बताउनु भयो । 

वीरगंजमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न सक्ने गरि मैदनको पुन:निर्माण गरिएको भन्दै उहाँले नारायणी रंगशालाको क्रिकेट मैदानलाई पनि व्यवस्थित गर्न महानगर लागि परेको बताउनु भयो ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भेट्रान्स सिटी क्लब वीरगंज विजयी भएको छ ।

भारत नोएडाको एफसीआई नर्थ जोन फुटबल क्लबलाई ट्राइबेकरमा ४-१ ले पराजित गर्दै आयोजक भेट्रान सिटीले जित हात पारेको हो । 

प्रतियोगितामा नेपालका ५ र भारतका २ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार ११ सय रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय