राजनीति :

स्थानीयसँग भेट गर्दै मेयर सिंह : कुनै गुनासो नआउने गरि काम गर्न निर्देशन

मंगलबार, कात्तिक १४, २०८०

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सोमबार वडा नं. २२ को जगर्नाथपुर र मनियारीमा स्थानीयसँग भेट गर्दै त्यहाँको समस्या बारे जानकारी लिनु भएको छ । 

National medical suchna

जगर्नाथपुरमा आउजाउ गर्न सडकको समस्या रहेकाले यसै आर्थिक वर्षमा सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

यस्तै मुस्लिम समुदायलाई शव अन्त्येष्टिका लागि कबरगाहा निर्माण गर्ने पनि उहाँले बताउनुभयो ।  
नजिकिँदै गरेको छठलाई मध्यनजर गर्दै उहाँले छठ घाटको निर्माण र सजावट आकर्षक देखिने गरि गर्न पनि निर्देशन दिनुभयो । 

महानगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर अवधेश कुशवाहा लगायतको टोली सहित पुग्नु भएका मेयर सिंहले महानगरले गर्ने हरेक कार्य गुणस्तरीय रुपमा निर्माण गराउन निरन्तरत अनुगमनमा खट्न पनि इन्जिनियरहरु लाई निर्देशन दिनुभयो । 

स्थानीयको कुनै पनि गुनासो नआउने गरि काम गर्न निर्देशन दिँदै उहाँले तत्काल सडक, कबरगाह र छठघाट निर्माणको काम अघि बढाउने बताउनुभयो । 

वडा नं. २२ का वडा अध्यक्ष द्वारिका महतोले आफ्नो वडा वासीको समस्या बुझ्न मेयर आफैँ वडामा आउनुले आफूहरुलाई काम गर्ने हौसला मिलेको बताउनुभयो ।  

यस्तै मेयर सिंहले आजै मनियारीका स्थानीयसँग पनि भेट गर्दै त्यहाँको समस्याका बारेमा जानकारी लिनुभएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०६:३१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय