सुरक्षा तथा अपराध :

अज्ञात समुहको गोली प्रहारबाट घाईते प्रधानाध्यापक स्वर्णकारको उपचारको क्रममा मृत्यु

सोमबार, कात्तिक १३, २०८०

वीरगंज । बारा सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टाेलस्थित आज दिउसाे अज्ञात समुहद्वारा भएकाे गाेली प्रहारबाट गम्भिर घाइते रुपेश स्वर्णकारकाे मृत्यु भएकाे छ ।

National medical suchna

कलैयाको बाल एकता बाेर्डिङ स्कुलका संचालक एवम् प्रिन्सिपल ३५ बर्षिय स्वर्णकारकाे उपचारकाे क्रममा वीरगंजकाे गण्डकस्थित नेपाल मेडिसिटी बयाेधा हस्पिटलमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

कलैया बजारबाट खाजा लिई स्कुल तर्फ जादै गरेकाे स्वर्णकारमाथि साेमबार दिउसाे १:१५ बजेकाे समयमा नम्बर नखुलेकाे माेटरसाइकलमा सवार ४ जना अपरिचित व्यक्तिहरुकाे समुहले गाेली प्रहार गरि फरार भएका थिए । 

कालो सर्ट, जिन्स पाईन्ट लगाएको र मुखमा रुमाल बान्धेको मानिसहरुले गोलि प्रहार गरि फरार भएकाे प्रहरीले जनाएकाे छ ।

अज्ञात समुहले प्रयोग गरेको  मोटरसाइकलको नम्बर खुलेको छैन । स्वर्णकारलाई  छाती र टाउकोमा दुई राउन्ड गोलि प्रहार गरि अपराधीहरु फरार भएकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् । 

गोलि लागि गम्भिर घाइते  भएका स्वर्णकारकाे प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि  थप उपचारकोलागि वीरगंजस्थित गन्डक मा रहेको मेडिसिटी  बयाेधा हस्पिटलमा रेफर गरिएको थियाे ।

बयाेधा हस्पिटलमा उपचारकाे क्रममा १:५६ बजे मृत्यु भएकाे बारा प्रहरीले जनाएकाे छ ।

गोलि प्रहार गर्ने समुहकाे खाेजी कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

घटना स्थलबाट सानो पेस्तोलमा लाग्ने ४ वटा गोलीको खोकाहरु समेत फेला परेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय