समसामयिक :

दुर्गममा उडान बढाउन, ३ वटा ट्वीनअटर जहाज थप्दै निगम 

सोमबार, कात्तिक ६, २०८०

वीरगञ्ज । नेपाल वायुसेवा निगमले तीनवटा नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । आइतबार २२ अक्टुबरमा खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ ।

National medical suchna

नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिएका थिए । उनका अनुसार निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाएको छ ।

मन्त्री किरातीले पछिल्ला दिनमा नेपाल वायुसेवा निगमका लागि थप जहाज किन्ने विषयलाई निरन्तर उठाउँदै आएका छन् । नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले तत्कालीन आवश्यकता पुरा गर्न अहिले कम्तिमा ३ वटा जहाज किन्ने योजना छ । साभार-अनलाईन खबर

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय