नवरात्रि :

दशैको सातौँ दिन: कालरात्री देवीको पूजा गरिँदै

शनिबार, कात्तिक ४, २०८०

वीरगञ्ज। बडा दशैंको सातौं दिन आज भगवती दुर्गाको सातौं स्वरुप कालरात्रीको पूजाआराधना गरिन्छ। कालरात्रीलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ।

National medical suchna

पौराणिक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्री अवतार धारण गरेकी थिइन् । सप्तमीको विहानै आफ्नो नित्य कर्मपछि अरु देवीको जसरी नै पूजाआराधना गरिन्छ।

करालवंदना धोरां मुक्तकेशी चतुर्भुजाम् ।

कालरात्री करालिंका दिव्यां विद्युतमाला विभूषिताम् ।।

शास्त्रानुसार कालरात्रीको स्वरुप कालो र भयभीत गर्नेवाला रहेको छ। कपाललाई फिँजाइएको छ भने उनको चार हात रहेका छन् । विद्युत्को माला लागाएकी यस्ती कालरात्रीको काल पनि डराउने स्वरुप रहेको छ।

चार हातमध्ये एक हातमा तरवार, एकमा काटिएको शिर र अर्को हालमा काटिएको शिरबाट चुहिएको रगत थाप्न कचौरा लिएको यस्तो स्वरुप देवी कालरात्रीको रहेको छ ।

देवीको जति डरलाग्दो स्वरुप छ त्यति नै शुभ फल पनि दिने भएकाले कालरात्रीलाई शुभांकरी पनि भनिन्छ।

कालरात्रीको उपासनाले मनभित्र र बाहिरका हरेक डर त्रासहरू समाप्त हुने विश्वास गरिन्छ। ज्योतिष शास्त्रमा शनिको प्रकोप हटाउन पनि कालीको उपसना गर्ने विधि रहेको छ ।

नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०६:०७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय