श्रीराम अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ जनाले गरे रक्तदान

वीरगञ्ज । वीरगञ्जस्थित श्रीराम अस्पतालको आयोजनामा शनिवार भएको रक्तदान कार्यक्रममा ३५ जनाले रगत दान गरेका छन् ।

National medical suchna

श्रीराम अस्पतालले आमा सुरक्षा कार्यक्रम सुरु गरेको एक वर्ष पुरा भएको उपलक्ष्यमा शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रगत दान गरेको अस्पतालकी सञ्चालक डाक्टर दीप्ति यादवले जानकारी दिइन् ।

रगत दान गर्नेहरूमा डाक्टर सुनिल यादव, डाक्टर मनिष खन्ना, अनिल पटेल, राधा श्रेष्ठ, एञ्जीला पटेललगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगञ्जले जनाएको छ ।

श्रीराम अस्पतालले एक वर्ष अघिदेखि आमा सुरक्षा कार्यक्रम सुरु गरेकोमा हालसम्म सयौँ गर्भवती आमाहरूलाई सुरक्षित प्रसूति सेवा प्रदान गरिएको अस्पतालकी सञ्चालक डाक्टर यादवले जानकारी दिइन् ।

आमा सुरक्षा कार्यक्रम एक वर्ष पुरा भएको अवसरमै शनिवार अस्पतालले विभिन्न व्यक्तित्वहरूलाई सम्मानित समेत गरेको छ ।

अस्पतालले समाजसेवी प्रकाश थारु, वीरगञ्ज युवा समाजका संस्थापक कमल चौगाईं, सञ्चारकर्मी आबिद हुसेन, राजु खण्डेलवाल, हेमा थापा, सौरभ राज पाण्डे र राजन श्रीवास्तवलाई सम्मानित गरेको हो ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय