नवरात्रि :

बडा दशैको चौथो दिन : कुष्माण्डा देवीको पुजा गरिदै

बुधबार, कात्तिक १, २०८०

वीरगञ्ज - हिन्दुको महान चाड बडादशैं अन्तरगत आज नवरात्रको चौथो दिन माता कुष्माण्डा भगवतीको उपासना गर्दै पूजाआजा गरी मनाइन्छ ।

National medical suchna

कुष्माण्डालाई सृष्टिको आदिस्वरूप र आदिशक्ति भनी पुकार्ने गरिन्छ । आश्विन शुक्लपक्षको चतुर्थी तिथिका दिन दुर्गा भगवतीको चौथो शक्तिको रूपमा प्रादुर्भाव भएकी श्री कुष्माण्डा देवीको पूजा आरधना हुने धार्मिक मान्यता छ ।

कुष्माण्डा भगवतीलाई संसारकी आदि माताको रुपमा पुकार्ने गरिन्छ ।शास्त्र अनुसार ब्रह्माण्डको सृष्टि अगाडि चारैतर्फ अन्धकारमय थियो ।

सृष्टिविहीन आदिकालमा यिनले अण्ड अर्थात् ब्रह्माण्डको उत्पत्ति गराएकाले यिनको नाम कुष्माण्डा रहन गएको धार्मिक विश्वास रहिआएको छ ।

कुष्माण्डको अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।

शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी यस्को बलि समेत चढाउने गरिन्छ ।

कुष्माण्डा भगवतीले आफ्ना आठ हातहरूमा क्रमशः दायाँतर्फ कमण्डलु, धनुष, वाण, कमलको फूल र बायाँतर्फ अमृतपूर्ण कलश, चक्र, गदा र आठौं हातमा सबै सिद्धि प्रदान गर्ने जपमाला धारण गरेकी हुन्छन् ।

माता कुष्माण्डालाई विशेषगरि सेतो वस्तुको परिकार अधिक प्रिय हुने मान्यता रहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय