राजनीति :

जसपा पर्साको बैठक सम्पन्न, पार्टी बलियो बनाउन कार्यकर्ता सुद्धिकरण गरिने : सचेतक यादव

सोमबार, असोज २९, २०८०

वीरगंज - जनता समाजवादी पार्टी नेपाल पर्साको सोमबार बसेको पदाधिकारी बैठकले विभिन्न निर्णय गरेको छ ।

National medical suchna

बैठकले दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा आउँदो कात्तिक १५ गते शुभकामना आदान प्रदान कार्यक्रम आयोजन निर्णय गरेको छ । 

यस्तै बैठकले कार्यकर्ता सुद्धिकरण गर्दै पार्टीलाई बलियो बनाउन पर्सा जिल्लाको चारै क्षेत्रका कार्यकर्ताको सहभागितामा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो । 

बैठकमा पार्टीका मुख्य सचेतक प्रदीप यादवले संगठन सुदृढ बनाउन सुद्धिकरण आवश्यक रहेको भन्दै त्यसका लागि अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व वन तथा वातावरण मन्त्री समेत रहनुभएका सचेतक यादवले पार्टी कोही कसैको स्वेच्छाले नभई सामुहिक निर्णयका आधारमा चल्नु पर्ने भन्दै उहाँले अनि मात्रै संगठनलाई सुदृढ हुने बताउनुभयो । 

पार्टीलाई तल्लो तहसम्म लैजान महिला, युवा, विद्यार्थी तथा अन्य विभिन्न संगठनलाई मजबुद बनाउनु पर्ने आवश्यकता पनि औंल्याउनु भयो ।  

यस्तै पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले कार्यकर्ता बलियो भए मात्रै पार्टी बलियो हुने भएकाले त्यसका लागि जागरण अभियानका साथै अन्य विविध कार्यक्रम संचालन गराउनु पर्ने आवश्यकता औंल्याउनु भयो ।

कार्यकर्तालाई एक ढिक्का हुने गरि गतिविधि संचालन गराउने गरि कार्यतालिका बनाउन पनि उहाँले पार्टी कमिटीलाई आग्रह गर्नु भयो । 

जिल्ला अध्यक्ष सिंहासन साह तेलीको अध्यतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य जनार्दन यादब, संघीय परिषद् सदस्य शिवजी सोनी, विपिन यादव, नागेन्द्र प्रसाद यादव, जिल्ला सचिव उमेशलाल सहनी, कोषाध्यक्ष प्रेम कुमारी सिंह, जिल्ला समन्वय समिति प्रमुख अजय सर्राफ, नेक महम्मद अंसारी, रमेश यादव, उमाशंकर तिवारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय