कर छली :

भन्सार छली भित्रयाईएको ५१ लाखको ल्यापटप तथा कम्प्युटरका पार्टसहरू बरामद

आइतबार, असोज २८, २०८०

वीरगञ्ज। अवैध रूपमा भन्सार छली भित्रयाईएको ५१ लाखको ल्यापटप तथा कम्प्यूटरका पार्टसहरू प्रहरीले वीरगंजबाट बरामद गरेको छ।

National medical suchna

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नम्बर ५ स्थित एडी कम्प्यूटर सप्लायर्सका संचालक अजय सिंहले आफनै घरमा अवैध रूपमा भण्डारण गरेको अवस्थामा विभिन्न ब्रांडका कम्प्युटर, ल्यापटप तथा ईलेक्ट्रोनिक्स सामानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डीएसपी कुमार विक्रम थापाले जानकारी दिए।

बरामद इलेक्ट्रोनिक्स समानहरूमा डेल मिनी सिपीयू क्मप्लीट ७० थान, डेल मिनी सिपीयू ३२ थान, डेल सिपीयू बक्स ४१ थान, डेल सिपीयू बक्स क्मप्लीट ६० थान, डेल सिपीयू क्मप्लीट ७६ थान, जियोनिक्स हार्ड डिस्क ८८ थान, डेल मोनिटर ४२ थान, माउस ५ सय ५० पिस, मोनिटर वायर ३ सय १२ पिस, सीसीटीवी वायर १८ हजार मिटर,मदर वोर्ड २५ पिस, ग्राफिक कार्ड ११ पिस,कुलिंग फैन,१९ पिस, ल्यापटप चार्जर १ सय ३१ पिस, क्याट सिक्स केबल १ रोल,ड्रिल मेशीन १ थान, कम्प्यूटर बैट्री २ सय पिस, डेल कोर आई फाईभ ल्यापटप ८ थान,बिग्रेको ल्यापटप- १ थान लगायत समानहरूको बजार मुल्य ५१,लाख २६ हजार ७ सय रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।

बरामद सामानहरूलाई थप आवश्यक कार्यवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डीएसपी थापाले जानकारी दिए।

 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय