झुटो विवरण पेस गरी आफनो नागरिकता बनाए, छोराको बनाउन खोज्दा दम्पती पक्राउ

वीरगञ्ज । झुटो विवरण पेस गरी जन्मको आधारमा नेपाली नागरिकता लिएर छोरासमेतको वंशज नागरिकता बनाउने खोज्ने एउटा दम्पती पक्राउ परेको छ ।

National medical suchna

जिल्ला प्रशासन कार्यालय पर्सामा झुटो विवरण पेस गरेर २०६३ सालमा जन्मको आधारमा नेपाली नागरिकता लिएर छोरा समेतको वंशज नागरिकता बनाउन खोजेपछि दम्पती पक्राउ परेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका  ( १३ मा बस्दै आएका दिनेश पटवा र उनको श्रीमती रितादेवी पटवा रहेका छन् ।

उनीहरूलाई असार २४ गते जिल्ला प्रशासन कार्यालयबाट नियन्त्रणमा लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

दिनेशले २०६३ सालमा झुटो विवरण पेस गरेर जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका थिए । नागरिकता पाएको केही समयपछि उनले श्रीमती रितादेवीको समेत वैवाहिक अङ्गीकृत नागरिकता बनाए । अहिले आएको नयाँ नागरिकता ऐनअनुसार छोराको वंशज नागरिकता बनाउन खोजेपछि उनीहरू पक्राउ परेका हुन् ।

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार पटवा दम्पतीको गतिविधि शङ्कास्पद देखिएपछि जिल्ला प्रशासन कार्यालयको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको विशेष टोलीले उनीहरूमाथि निगरानी बढाएको थियो । 

चेकजाँचका क्रममा दिनेशको साथबाट प्रहरीले भारतीय आयकर विभागको कार्ड बरामद गर्‍यो । कार्ड बरामद भएपछि उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ल प्रहरी कार्यालय पर्सा पठाइएको प्रजीअ रेग्मीले जानकारी दिए ।

नयाँ ऐन आएसँगै नागरिकता बनाउनका निमित्त जिल्ला प्रशासन कार्यालय पर्सामा बढेको भिडभाडको फाइदा उठाउँदै अन्य देशका नागरिकहरूले समेत झुटो विवरण पेस गर्दै नेपाली नागरिकता लिन खोजिरहेको यस घटनाले पुष्टि गर्छ ।

यस्ता घटनालाई रोक्न आफूहरूले निगरानी र सतर्कता दुवै बढाएको रेग्मीले बताउँछन् ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय