उधोग वाणिज्य :

उधोगीको समस्या बारे अध्यक्ष अग्रवालले गराए प्रधानमंत्री दाहालको ध्यानाकर्षण

शुक्रबार, असोज २६, २०८०

वीरगञ्ज - वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गर्नु भएको छ । 

National medical suchna

भेटघाटका क्रममा अध्यक्ष अग्रवालले व्यवसायीहरुले भोगिरहेको समस्याका बारेमा ध्यानार्षण गराए।

अध्यक्ष अग्रवालले हाल वीरगञ्ज लगायत पर्सा बारा क्षेत्रमा अवस्थित उद्योग व्यापारमा आएको समस्या र व्यवसायीक कठिनाईहरुका बारेमा ध्यानाकर्षण गराएका थिए।

बिशेष गरि उद्योग व्यवसायको प्रबद्र्धन र विकासका लागि नियमनकारी निकायहरु कर, भंसार, राजस्व, प्रहरीका अवरोधक हाल स्थगित गरि उद्योगी व्यवसायहरुको मनोबललाई उच्च बनाएर अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउनु पर्ने आवश्यकता माथि जोड दिँदैं अहिलेको समयमा राजस्व संकलनमा आएको कमी प्रति नेपाली निजी क्षेत्र पनि चिन्तित रहेको बताए । 

उहाँले राजस्व संकलन बृद्धि हुनु पर्छ भन्ने बिषयमा निजी क्षेत्रका भूमिका पनि खर्चिने क्रममा राजस्वको बृद्धि गर्नका लागि भंसार मूल्यांकनलाई पारदर्शी बनाउने, सन्दर्भ पुस्तिकालाई व्यवस्थित र वैज्ञानिक बनाउने जस्ता काम गर्न सके आयात र निर्यातको सन्तुलन सँगसँगै स्थानीय व्यापार र राष्ट्रिय अर्थतन्त्र चलायमानमा ठूलो सहयोग पुग्ने कुरामा जोड दिए। 

भेटघाट कार्यक्रममा मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अंसारी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका प्रशासकीय अधिकृत मनोज उपाध्यायको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय