भन्सार छली :

बिलबिजक शंकास्पद देखिएको ६५ लाखको सामान बोकेको दुईवटा ट्रक प्रहरी नियन्त्रणमा

बिहीबार, असोज २५, २०८०

वीरगन्ज । बिल विजक भन्दा बढीको माल सामान हार्डवेयर, औषधी तथा खुद्रा सामानहरू बोकेको दुई वटा मालबाहक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

National medical suchna

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट झापातर्फ जाँदै गरेको ना १ ख ३२०१ नम्बरको मालवाहक ट्रक र वीरगंजबाट नुवाकोट तर्फ जादै गरेको ना ४ ख ११२७ नम्बरको मालवाहक ट्रकलाई वीरगंजबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाले जानकारी दिए।

चेकजाँच गर्ने क्रममा दुईवटै ट्रकमा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा विल बिजक संकास्पद देखिएको हुँदा दुईवटै ट्रकमा अंदाजी मूल्य रू ६५ लाख बराबरको हार्डवेयर, औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डीएसपी थापाले बताए ।

 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय