समसामयिक :

बाघमोर्चामाई पोलिक्लिनिकको सेवा सुरु,गापा अध्यक्ष श्रेष्ठद्वारा उद्घाटन

बिहीबार, असोज २५, २०८०

जिराभवानी,असोज । सहज स्वास्थ्य सेवाबाट बञ्चित रहँदै आएको ठोरीमा ५ सैय्याको बाघमोर्चामाई पोलिक्लिनिक सेवा सुरु भएको छ ।

National medical suchna

२४ सै घण्टा विशेषज्ञ डाक्टर सहितको सेवा दिने उद्देश्यले स्थापना भएको सो स्वास्थ्य संस्थाको ठोरी गाउपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सञ्चालकहरु संग आग्रह गर्नुभयो ।

यस भन्दा अगाडि पनि ठोरीमा पोलिक्लिनिक स्थापना भएर बन्द भएको बताउँदै  उहाँले आगामी दिनमा ठोरीबासी लगायत वरपरका अन्य पालिकाको जनताको स्वास्थ्यका सवालमा गम्भीर बनेर सेवा प्रवाह गर्न अनुरोध गर्नुभयो ।

ग्रामीण भेगको स्वास्थ्य संस्था भएकाले उपचार शुल्क सबैलाई सहज हुने गरी कायम गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठको जोड थियो ।

यस्तै अध्यक्ष श्रेष्ठले सुरक्षाको सवालमा जनप्रतिनिधिको तर्फबाट आफ्नो हरदम सहयोग रहने साथै पालिकाले आवश्यक परेमा  एम्बुलेन्स सेवा समेत उपलब्ध गराउने बताउनुभयो । 

बिरगंज ठोरी हुलाकी सडक खण्ड अन्तर्गत  ठोरी -५ बाघमोर्चामा स्थापना भएको सो पोलिक्लिनिकले हरेक दिन विशेषज्ञ डाक्टर सहितको सेवा प्रदान गर्ने संस्थाका सञ्चालक समेत रहनुभएका स्वास्थ्यकर्मी अजवीनाथ गौरोले जानकारी दिनुभयो ।

सो पोलिक्लिनिकमा २४ सै घण्टा एमबिबिएस  डाक्टर उपलब्ध रहने साथै दैनिक रुपमा फरक-फरक विशेषज्ञ डाक्टरहरुको ओपिडी सेवा पनि प्राप्त गर्न सकिने स्वास्थ्यकर्मी गौरोले बताउनुभयो ।

हाल सो पोलिक्लिनिकमा डाक्टर रवि गिरीले २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्नुहुनेछ ।पोलिक्लिनिकमा एक्सरे , भिडियो एक्सरे , इसिजी , प्याथोलोजी , फार्मेसी सेवा लगायत विविध स्वास्थ्य सेवा उपलब्ध रहेको छ ।

पोलिक्लिनिकको ठोरीका विभिन्न ठाउँमा  लामो समय देखि स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आइरहनुभएका सुरेश साह , अजवीनाथ गौरो , दिपेन्द्र कार्की लगायत स्वास्थ्यकर्मीहरुको  प्रत्यक्ष संलग्नतामा स्थापना भएको हो ।

ठोरीमा विशेषज्ञ डाक्टरको उपलब्धता नहुँदा स्वास्थ्य उपचारका लागि अहिलेपनि बिरगन्ज वा देशको  अन्य शहर धाउनुपर्ने बाध्यता छ । 

पोलिक्लिनिक उद्घाटन कार्यक्रममा ठोरी -५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन लगायत ठोरीका विभिन्न संघसंस्थाका अगुवा प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय