सुरक्षा तथा अपराध :

पुनम देवी हत्या प्रकरण : चोरीको पोल खुल्ने डरले हत्या, इमरान मिया पक्राउ

आइतबार, असोज २१, २०८०

वीरगंज - वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाकी ४० वर्षीया पुनम देवीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

गत शुक्रबार बिहान २ बजेको समयमा घरमै प्रवेश गरेर पुनम देवीको हत्या गरेको आरोपमा स्थानीय २५ वर्षीय इमरान मियाँलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक पुनमको घरमा चोरी गर्ने उद्देश्यले गएका मियाँले एक फिट लामो फलामको छडले टाउकोमा प्रहार गरेर हत्या गरेको प्रहरी उपरीक्षक कोमलबिक्रम शाहले जानकारी दिए।

आरोपित मियाँ लागुऔषधको दुर्व्यसनीसमेत रहेको पाइएको उनको भनाइ छ।

चोरी गर्ने क्रममा पुनम देवीले देखेपछि मियाँले टाउकोमा रड प्रहार गरेर गम्भीर घाइते बनाई छाडेका प्रहरी उपरीक्षक शाहले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए।

पुनमको उपचारको क्रममा नेसनल मेडिकल कलेजमा आज बिहान पौने ८ बजे मृत्यु भएको हो।

पक्राउ परेका आरोपित मियाँलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय