राजनीति :

ग्रान्ड डिजाइन अन्तर्गत सङ्घीयता खारेज गराउने चलखेल भइरहेको छ : प्रदीप यादव

आइतबार, असोज २१, २०८०

वीरगञ्ज - जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा फसेका नेपालीहरूको अविलम्ब उद्धार गर्न सरकारसँग माग गरेका छन् ।

National medical suchna

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले इजरायलमा हमासको आक्रमणले असुरक्षित भई उद्धारको पर्खाइमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गरी स्वदेशमा ल्याउनका पहल गर्न सरकारसँग माग गरेका हुन् ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले भने, ‘इजरायलको द्वन्द्वमा फसेका नेपालीहरू असुरक्षित छन् ।

उद्धारका लागि गुहार मागी रहेका छन् । उनीहरूलाई जसरी हुन्छ नेपाल सरकारले अविलम्ब उद्धारका लागि पहल गरिहाल्नु पर्छ ।

यस्तै बझाङमा भूकम्पबाट पीडित घाइते र घरबारविहीन भएकाहरूको उद्धार र राहतमा लाग्न पनि उनले सरकारसँग आग्रह गरे ।

फरक प्रसङ्गमा बोल्दै सांसद यादवले अहिले सङ्घीयतालाई बदनाम र कमजोर पार्ने नियतले देशका विभिन्न स्थानमा जुलुस र प्रदर्शनै भइरहेकाले त्यसलाई रोक्न सरकारसँग माग गरे । 

यादवले भने, ‘यो मुलुकमा सङ्घीयता कसैको दान वा उपहारमा आएको होइन । लाखौँ जनताको सङ्घर्ष र हजारौँको बलिदानीबाट सङ्घीयता आएको हो ।

त्यसका कारण सङ्घीयतालाई कमजोर पार्ने वा बदनाम गराउने तत्त्वको पहिचान गरेर सरकारले तत्काल उनीहरूविरुद्ध कानुनी कारबाही अगाडि बढाइ हाल्नु पर्छ ।’

यादवले केन्द्रीय सरकारले सङ्घीयता बलियो बनाउन नचाहेको समेत आरोप लगाए । ‘यसलाई मजबुत बनाउने सरकारको काम हो ।

सबै शक्ति माथि राख्ने, प्रदेशलाई नदिने अनि कसरी हुन्छ ? सरकार बदनाम हुन्छ नै । अघिल्लो सरकार पनि त्यही, अहिलेको सरकार पनि त्यही बाटोमा छ,’ उनले भने ।

सङ्घीय प्रहरी प्रशासन राखेर सङ्घीयता बलियो नहुने भन्दै उनले प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न माग पनि गरे ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय