सावन १ देखी नारायणी अस्पतालको सरसफाई महानगरले गर्ने

सम्झौतामा पालिकाले अस्पतालसित कुनै शुल्क नलिने उल्लेख छ

बीरगन्ज ।नारायणी अस्पतालको सरसफाइको जिम्मेवारी सावन १ गतेदेखि बीरगन्ज महानगर पालिकाले गर्ने भएको छ ।

National medical suchna

नगर प्रमुख राजेशमान सिंहले पुर्वघोषणा गरे अनुसार आज बीरगन्ज महानगर पालिकाले नारायणी अस्पताल शीत सम्झौता गरेको छ । नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरन्जन साह र बीरगन्ज महानगर पालिकाको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।

बीरगन्ज महानगर पालिकाको नगर प्रमुख राजेशमान सिंह र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितमा सम्झौता आदानप्रदान भएको छ ।

सम्झौता अनुसार सावन १ गतेदेखि नारायणी अस्पतालको बाहिरी क्षेत्रको सम्पुर्ण सरसफाइ बीरगन्ज महानगर पाकिकाले गर्ने र सो बापत नगर पालिकाले अस्पतालसित कुनै शुल्क नलिने उल्लेख छ ।

सावन १ गतेदेखि एक जना नाइकेको नेतृत्वमा ९ जनाको सरसफाइकर्मी परिचालन गरिने सरसफाइ शाखाको प्रमुख सर्फुदिन मियाँले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय