राजनीति :

पूर्वराजा ज्ञानेन्द्रको पछिल्लो गतिविधी प्रति सरकारले निगरानी गरोस् : प्रदीप यादव

शुक्रबार, असोज १९, २०८०

वीरगन्ज - जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले मधेसमा पछिल्लो समययता धाार्मिक सद्भाव बिथोल्न भइरहेका उच्छृंखल गतिविधीप्रति सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । 

National medical suchna

बिहीबार प्रतिनिधी सभाको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका यादवले धार्मिक तनाव बढाउनुको पछाडि पूर्वराजा ज्ञानेन्द्र शाहको हात रहेको आशंका व्यक्तपनि गरे ।

उनले भने,‘अहिले आफुलाई राजावादी भन्नेहरू हौसिएका छन। किन ? । कतै आगो लगाएर न्यानो ताप्ने योजना त छैन यिनीहरूको ? ।’ 

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य (सांसद) समेत रहेका यादवले  पुर्वराजा ज्ञानेन्द्र शाहको लोकतन्त्र विरोधी गतिविधिको निगरानी गर्न सरकारसंग मागपनि गरे । 

मधेस जहिल्यै पनि गणतन्त्र र संघीयताका लागि लडेको भन्दै यादवले भने,‘ तर अहिले मधेसमा एउटा कुनै शक्तिले षडयन्त्रको तानाबाना बुनेर धार्मिक तनाव गराउने खेल खेलिरहेको छ । ’

मधेसको राजनीतिक शक्ति भनेकै हिन्दू र मुस्लिमबिचको साझा एकता रहेको भन्दै यादवले तर अहिले धार्मिक द्वन्द्व फैलाएर मधेसी जनताबिचको एकतालाई तोडने षडयन्त्र भईरहेको बताए ।

उनले धार्मिक द्वन्द्ध चर्काउने, हिंसाका लागि उक्साउने, सामाजिक सद्भाव भडकाउने अभिव्यक्ति दिने महन्थ वा मौलवी जोसुकै भएपनि उनिहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसंग माग गरे ।

समाजमा द्वन्द्ध र हिंसा फैलाउन उक्साउने व्यक्ति वा समुहको फेसबुक र टिकटक आइडी सरकारलले तुरुन्त बन्द गर्नुपर्नेमा जोड दिए ।

यादवले भने,‘ सोसल मिडियामा उत्तेजक सामग्री राख्ने , पुराना भिडियोलाई तोडडमोड गरी ताजा घटनाका रूपमा प्रस्तुत गर्ने,अर्काको धर्म वा धर्मावलंम्बीलाई अपमान गर्ने, गाली गलौज गर्ने, हिंसा फैलाउन झूठा, मनगढ़ंत कुरा राख्नेहरूको तुरन्त पहिचान गरि दण्डित गर्नपर्छ ।

उनिहरुको फेसबुक र टिकटक आईडी सरकारले तुरून्तै बन्द गर्नुपर्छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय