भन्सार छली :

भन्सार छली भित्रयाईएको गहुसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

बुधबार, असोज १७, २०८०

वीरगंज। अवैध रूपमा भन्सार छली भित्रयाईएको गहु सहित ट्रयाक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। 

National medical suchna

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्रयाई वीरगञ्जतर्फ ल्याउदै गरेको विषेश सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१९ केहुनिया तिलावे पुल स्थित सडकखण्ड बाट ना १ त ९६४२ नम्बरको ट्याक्टरमा लोड रहेको गहु सहित ट्रयाक्टर नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाले जानकारी दिए।

वीरगंज तर्फ आउदै गरेको गहु सहित ट्रयाक्टर प्रहरी टोलीलाई देख्नासाथ ट्याक्टर चालक ट्याक्टर छाडी फरार भएकोले गहु सहित ट्रयाक्टर नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

 उक्त ट्रयाक्टरमा लोड गहु ८ हजार ५ सय ६० किलो रहेको तथा गहुको बजार मुल्य ७ लाख ३९ हजार ६ सय ८० रूपैया रहेको बताईएको छ ।

बरामद ट्याक्टर र गहु थप अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय,पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय