सुरक्षा :

वडा प्रहरी कार्यालय विर्ताद्वारा भन्सार छलीका लाखौ मुल्यका सामान बरामद

बुधबार, असोज १७, २०८०

वीरगञ्ज । भन्सार छली चोरी पैठारी गरी भित्रयाईएको १ लाख २४ हजार मूल्य बराबरको सामान प्रहरीले वीरगंजबाट बरामद गरेको छ ।

National medical suchna

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ बाट भन्सार छलेर ल्याइएको विभिन्न सामान बरामद गरेको हो ।

बरामद सामानहरूमा ८६ हजार ४ सय मूल्य बराबरको १८ कार्टुन टेन्ट टेस्टी चकलेट र ३८ हजार ४ सय बराबरको कोको चकलेट ८ कार्टुुन रहेको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।

बरामद सामानलाई थप अनुसन्धान एवम आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक बोगटीले बताए।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय