सुरक्षा :

पर्सा प्रहरीद्वारा भन्सार छलीको ३ लाखको सामान बरामद

मंगलबार, असोज १६, २०८०

वीरगंज। भन्सार छली चोरी पैठारी गरी भित्रयाईएको ३ लाखको सामान पर्सा प्रहरीले बरामद गरेको छ।

National medical suchna

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरको विभिन्न ठाउहरू बाट भन्सार छलीको ३ लाख २३ हजारको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाले जानकारी दिए।

बरामद सामानहरूमा सर्टिङ थान कपडा १२४ मिटर, कुर्ता सुरवाल ४८ पिस, सलको थान कपडा २४० मिटर,चामल ६ बोरा,चिनी ७७ किलो, रेडबुल ८८ पिस,ग्याँस सिलिण्डर ३ थान, ग्याँस चुल्हा २ पिस, केराउ ५० किलो, Cotco चक्लेट २६४ प्याकेट,प्याज १८९ किलो,सुरवाल ६४ पिस लगाएत रहेका छन।

बरामद सामानहरूलाई आवश्यक कार्यवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय