राजनीति :

ट्रंक र डेडिकेटेड लाइनको वक्यौता नतिर्ने उद्योगलाई कारवाही गर्न सांसद यादवको माग

मंगलबार, असोज १६, २०८०

वीरगंज। जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले ट्रंक लाइन र डेडिकेटेड लाइनको वक्यौता रकम नतिर्ने उद्योग र प्रतिष्ठानलाई कारवाही गर्न माग गरेका छन् । 

National medical suchna

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले नेपाल विद्युत प्राधिकरणले १५ दिनको समय दिएर सूचना निकालेपछि नटेरेको भन्दै राज्यले वक्यौता रकम अविलम्ब उठाउन र भुक्तानी नगर्नेलाई कारवाही गर्न माग गरे । 

यस्तो छ, प्रदीपको धारणा:

केही दिनअघि सदनमा ट्रंक लाइन र डेडिकेटेड लाइनको वक्यौता रकमसम्बन्धी कुरा उठाएको थिए । त्यसपछि नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्यो ।

उद्योगपति र प्रतिष्ठानलाई १५ दिनको म्याद दियो । जुन राज्यको बिसौ अर्ब रुपैयाँ बाँकी राखेको छ, भुक्तानी गरेन भने प्राधिकरणले नियमानुसार कालोसूचीमा राख्ने र विजुली काट्ने भनियो । तर आज महिनौ वित्दा त्यो पैसा उठेन ।

प्राधिकरणको सूचनालाई कुनै उद्योगपतिले टेरेन । किन टेरेनभन्दा केही उद्योगपति र प्रतिष्ठानका अगुवाहरु तथा त्यसमध्येको मुखियाले सबै उद्योगपतिलाई प्रधानमन्त्रीकहाँ लग्यो ।

प्रधानमन्त्रीको मौखिक निर्देशनमा ट्रंक लाइन र डेडिकेटेड लाइनको वक्यौता २०औ अर्ब रुपैयाँ रोकिएको सुनियो । के राज्यको वक्यौता रकम प्रधानमन्त्रीको ठाडो आदेशमा प्राधिकरणले रोक्न पाइन्छ ।

त्यस्तो पाइन्छ भने सबै नागरिकको विद्युत फ्रि गरिदिए हुन्छ । बिसौ अर्ब वक्यौता राखेर एकातिर राज्यले कर्मचारीको तलब समयमा दिन सकिरहेको छैन । अर्कोतिर बिसौ अर्ब रुपैयाँ वक्यौता राख्ने यो कहाँको जायज कुरा हो ?

त्यसकारण यसमा राज्य गम्भीर हुन जरुरी छ । राज्यले वक्यौता रकम अविलम्ब उठाउन जरुरी छ । र त्यो उद्योगपति र प्रतिष्ठानले वक्यौता रकम तुरुन्त भुक्तानी गरेन भने त्यसलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय