राजनीति :

युवा नेता महादेव कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

शनिबार, असोज १३, २०८०

वीरगन्ज – वीरगन्जका चर्चित युवा नेता तथा सामाजिक अभियन्ता महादेव कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको घोषणा गरेका छन ।

National medical suchna

कुर्मीले राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपि आर्याल संग भेटेको तस्बीर सार्वजनिक गर्दै उक्त पार्टीमा प्रवेश गरेको घोषणा गरेका हुन ।

वीरगन्ज – १४ पिपरा निवासी युवा नेता कुर्मी मधेसी सहिद दिलिप चौरसीयाको घरमा पार्टीका उपाध्यक्ष अर्याल संग भेटघाट गरेको तस्बिर समाजिक संजालमा सार्वजनिक गरेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश पछि समाजिक संजालमा उनले अब नयाँ सोचले सबैको सल्लाह सुझावले अगाडि बढ्ने बताएका छन ।

साथै कुर्मीले स्वतन्त्र पार्टी संग जुट्ने चाहने साथी दाजुभाइ तथा अग्रजहरुलाई सम्पर्क गर्न पनि आग्रह गरेका छन ।

उनले अब मिसन २०८४ को लागि हामी आफ्नो लागि, आफ्नो समाजको लागि, देशको लागि र स्वच्छ राजनितिकको लागि सबैलाई जुट्न अपिल पनि गरेका छन ।

उनले गत असोज १० मा जनता समाजबादी पार्टी पुर्ण रुपमा परित्याग गरि स्वतन्त्र भएको घोषणा गरेका थिए ।

विगतको समयमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह संगै बसेर बर्सौ देखि काम गर्दै आएको र राजनितिक धोका भएपछि अलग भएको बताएका थिए ।

विगत देखिनै वीरगन्जका मेयर राजेशमान सिंहसंग निकट रहेका कुर्मी पछिल्लो केही समययता असन्तुष्ट देखिएका थिए । 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय