समसामयिक :

पाण्डेको चुनौती : ठगहरूले मिटर व्याजी प्रमाणित गरून?

शनिबार, असोज १३, २०८०

वीरगञ्ज । जिल्ला पर्सा सुर्जाहा वडा नम्बर २ घर भई हाल वीरगञ्ज बस्दै आएका सुनिल पाण्डेले सहकारी संस्थाको आडमा ठगी धन्धा चलाउने समुहले पैसा दम्पच गर्ने उदेश्यले मिडियाको दुरुपयोग गरेर गलत प्रचार प्रसारमा लागेको आरोप लगाएका छन । 

National medical suchna

यस अनलाईन संगको कुराकानीमा पाण्डेले विभिन्न मिडीयामा मेरो नाम जोडेर पाण्डे मिटर व्याजी भनेर आएको सामाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।

उनले व्यक्ती संगको बैंकींग प्रणाली मार्फत भएको कारोबारलाई अनुचित लेनदेन अर्थात मिटर व्याजी भनेर बदनाम गर्ने प्रयास गरिएकोमा आपति जनाएका छन । 

रौतहट परोहा नगरपालिका वडा नम्बर ४ घर भई हाल वीरगञ्ज ११ श्रीपुरमा किराना पसल सञ्चालन गरी बसेका वर्ष ३५ को दिलिपकुमार साह संग पटक पटक कारोबार भएको र अन्तिम पटक केही नगद र चेकबाट ३१ लाख रुपैया दिएको पाण्डेले बताए । 

३ महिनाको करार गरेर २०७९ फाल्गुन २९ गते ३१ लाख रुपैया दिएपनि साहले समयमा पैसा दिन आनाकानी गरेको कारण आफुले २०८० जेष्ठ २९ गते जिल्ला प्रहरी कार्यालय रौतहटमा बैंकींग कसुरमा मुद्धा दर्ता गराएको पाण्डेले बताए ।

मुद्धा दर्ता गराएपनि उनि संग बसेर छलफलकै माध्यमले पैसा फिर्ता पाउने आसमा १० पटक भन्दा बढी छलफल गरेपनि उनले रकम फिर्ता गरेनन् बरु उल्टै उनले म विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा मिटर व्याजीको उजुरी दिए ।

जिल्ला प्रशासन कार्यालय पर्सामा मिटर व्याजीको उजुरी परेपछि आफु दर्जनौ पटक छलफलमा गएपनि साहले म विरुद्ध अनुचित लेनदेनको एउटा पनि प्रमाण सावित गर्न सकेनन् ।

मिटर व्याजीमा मलाई प्रमाणित गर्न नसकेपछि अहिले आएर बैंकिंग कसुर मुद्धामा पक्राउ परिसकेका दिलिपकुमार साहले  पैसा पचाउन र आफु जोगिन विभिन्न हतकण्डाको तहत मिडियाको दुरुपयोगमा लागेको पाण्डेले आरोप लगाए ।

दिलिप कुमार साहले किराना पसल सञ्चालन गरेको देखाएपनि उनको वास्तविक काम भनेको सहकारी संस्थाको आडमा ठगी गर्ने भएको पाण्डेको दावी छ ।

वीरगञ्जको रानीघाटमा २०७५ साल मंगसीर २९ गते सञ्चालनमा आएदेखी यादगार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष बलिराम साह संगको मिलीभगतमा दिलिपकुमार साहले संस्थाको आडमा व्यक्ती संग ऋण मंगाउने र आफुखुशी रकम दुरुपयोग गर्ने यिनीहरुको परिपाटी बनेको उनी बताउछन ।

हाल यादगार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालकहरु बचतकर्ताकोे करोडौ रकम लिएर फरार भएका छन भने संचालक मध्ये केही पक्राउ परेर प्रहरी नियन्त्रणमा छन ।

पक्राउ परेका मध्ये यादगार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष बलिराम साह पनि छन ।

दुग्धेश्वर कृषी तथा पशुपंक्षी फर्मको नाममा तपाईले करोडौ ऋण लिएर व्याजमा लगाएको आरोपमा पाण्डेले कृषी ऋणमा लिएको रकम आफुले कृषी कार्यमा नै लगाएको पाण्डेले दावी गरे ।

पर्साको पकाहामैनपुर गाउपालिकामा ५ वटा र अन्य ठाउमा ६ वटा गरी एक दर्जन पोखरीहरु भाडामा लिएर माछा पालन गर्दै आएको पाण्डले दावी गरे ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय