अपराध :

पर्सा प्रहरीद्वारा लागुऔषध गाँजासहित दुईजना पक्राउ

शुक्रबार, असोज १२, २०८०

वीरगंज - प्रतिबंधित लागुऔषध गाँजा सहित पर्सा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

National medical suchna

पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने लोटन राउत कुर्मी र देवलाल साह कलवार रहेका छन।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी प्रसौनीभट्टाबाट खटिएको प्रहरी टोलीले प्रसौनीभट्टा गाँउ नजिक सडकखण्डमा चेकजाचको क्रममा ४ किलो लागुऔषध गाँजा सहित दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाले जानकारी दिए।

संकास्पदरूपमा साईकल चलाई गईरहेको दुवैजनालाई नियन्त्रणमा लिएर चेकजाच गर्दा आफ्नो शरिरमा पहेलो रङको टेपले बेरी बाँधेको कालो रङको पोलोथिनको ४ वटा पोकामा १/१ किलो दरले ४ किलो लागू औषध गाँजा फेला परेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए।

लागुऔषध गाँजासहित पक्राउ परेका दुवैजनालाई थप आवश्यक कार्यवाहीको लागी ईलाका प्रहरी कार्यालय पोखरीया पर्सामा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।        

   

 
                                                                                                      
                                                                        

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २१:१७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय