समसामयिक :

कोहिनूर बचत सहकारीद्वारा रक्तदान आयोजना,१५७ जनाले गरे रक्तदान

शुक्रबार, असोज १२, २०८०

वीरगंज - कोहिनूर बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

National medical suchna

आयोजित रक्तदान कार्यक्रमको नेशनल मेडिकल कलेजका चेयरमैन डाक्टर जैनुद्दीन अंसारीले उद्घाटन गरेका थिए।

नेशनल मेडिकल कलेज वीरगंजको प्राविधिक सहयोगमा मेडिकल कलेज प्रांगणमै आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरेर १ सय ५७ जनाले रक्तदान गरेको नेशनल मेडिकल कलेज वीरगंजका प्रवक्ता सेराज अहमदले जानकारी दिए।

रक्तको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको कोहिनूर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका महासचिव सहनवाज अंसारीले बताए।

कार्यक्रममा नेशनल मेडिकल कलेजका हस्पिटल डायरेक्टर डाक्टर ईश्रत जहान अंसारी, एकेडमिक डायरेक्टर डाक्टर नुसरत जहान अंसारी, एडमिशन डायरेक्टर आविद हुशैन अंसारी तथा कोहिनूर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कर्मचारी लगाएतको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय