मोहम्मद पैगम्बरको 'जन्म जयन्ती' वीरगञ्जमा पनि मनाइयो

बिहीबार, असोज ११, २०८०

वीरगञ्ज । इस्लाम धर्मावलम्बीहरूले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती “मोहम्मद डे” वीरगञ्जमा पनि मनाएका छन् ।

National medical suchna

मोहम्मद डेको अवसरमा आज बिहान वीरगञ्जको छपकैया, इनर्वा, गहवा, लाठगल्ली, मुर्ली, बहुअरी लगायतका टोलबाट र्‍याली निकालिएको थियो।

विभिन्न ठाउँबाट निकालिएको र्‍याली नगर परिक्रमा गर्दै घण्टाघरमा गएर सम्पन्न भएको थियो । जहाँ नेपालको राष्ट्र गान बजाएर कार्यक्रमलाई सम्पन्न गरिएको थियो ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत् रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ ।

उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबकै मदिनामा भएको थियो ।

पैगम्बर मोहम्मदको जन्मदिनमा मुस्लिम धर्मावलम्बीले विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गर्दछन् ।

मोहम्मद डेका दिन विश्वभर हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म दिन मनाउने गरिएको छ।

हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामले संसारमा शान्ति स्थापना गर्न र एक आपसमा भाइचारा अभिवृद्धि र एक अर्काका लागि राम्रो कामको कामना गर्नुपर्ने सन्देश दिएका कारण मुस्लिम समुदायका लागि आजको दिन महत्त्वपूर्ण रहेको हो।

मोहम्मद डेको अवसरमा मधेस सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय