वित्तीय अपराध :

बैंकिङ कसुरमा दिलीपकुमार पक्राउ, अनुसंधान गर्न ७ दिनको म्याद थप

बुधबार, असोज १०, २०८०

वीरगंज। रौतहटको परोहा नगरपालिका– ३ स्थायी घर भई वीरगन्ज बस्दै आएका ३५ वर्षीय दिलीपकुमार साह बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्।

National medical suchna

मंगलबार वीरगन्जको दुर्गा हलअगाडिबाट उनलाई रौतहट प्रहरीले बैंकिङ कसुर मुद्दामा पक्राउ गरेर बुधवार जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरी नियन्त्रणमा राखेको छ। 

बैंकिङ कसुर मुद्दामा पक्राउ परेका साहको ७ दिनको म्याद थप गरिएको जिल्ला अदालत रौतहटका (सरकारी वकील) जिल्ला न्यायधिवक्ता बद्रीनाथ कार्कीले जानकारी दिए।

बैंकिङ कसुर मुद्दामा फरार रहेका साहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रौतहतले पर्सा प्रहरीलाई गत भदौ ३१ पत्रचार गरेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले भने पक्राउ परेका साहलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको बताए। 

पर्साको पकाहामैनपुर गाउँपालिका स्थायी घर भई वीरगन्ज बस्दै आएका सुनील पाण्डेले जिल्ला प्रहरी कार्यालय रौतहटमा साहको विरुद्धमा ३१ लाखको बैंकिङ कसुर मुद्दामा जाहेरी दर्ता गराएका थिए।

सोहीअनुसार ०८० जेठ २९ गते साहलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेको थियो। 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय