मलङगवा घटना प्रकरण :

मलङ्गवा घटनाको दोषीलाई कारबाहीको माग गर्दै वीरगन्जमा हिन्दूवादीको प्रदर्शन

शनिबार, असोज ६, २०८०

वीरगन्ज । सर्लाहीको सदरमुकाम मलङ्गवामा हिन्दू समुदायद्वारा गणेश पूजाको मूर्ति सेलाउन लैजाने क्रममा मुस्लिम समुदायद्वारा गरिएको हिंसात्मक घटनाको दोषीलाई कारबाहीको माग गर्दै आज वीरगंज बजार बन्द गरिएको छ ।

National medical suchna

मूर्ति सेलाउने क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएपछि दोषीलाई कारबाहीको माग गर्दै वीरगन्जका हिन्दूवादी युवा समुहद्वारा मोटरसाईकल र्याली निकालेर वीरगन्ज महानगर भित्रका पसल बन्द गराएका थिए।

वीरगंजको घण्टाघर चौकमा टायर बालेर प्रदर्शन गर्दै हिन्दुवादीहरुले मुख्यमंत्री राजीनामा दे , हिन्दू राष्ट्र कायम गर , मलंगवामा मुस्लिम समुदायद्वारा गरिएको हिंसात्मक घटनाको दोषीलाई कारबाही गर लगाएतका नारा बाजी गरेका थिए ।

मलङ्गवामा घटना भए जस्तो अरू ठाउमा हुन नदिन सरकारले कडा कदम चाल्नु पर्ने मांग गरेका छन। 

विरोध प्रदर्शनको क्रममा बजार बन्द गराउन हिँडेका हिन्दू संगठन र प्रहरी बिच केही समय तनाव पनि भएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय