समसामयिक :

वीरगंजलाई हरित शहर बनाउन सबैले वृक्षारोपण गरौँ : मेयर सिंह

शनिबार, असोज ६, २०८०

वीरगंज - वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरलाई हरियाली बनाउन चोकचोक र खाली स्थानमा वृक्षारोपण गर्न सबै सँग आग्रह गर्नुभएको छ । 

National medical suchna

‘सफा वीरगंज, स्वच्छ वीरगंज’ बनाउने अभियानमा लागि परेको भन्दै उहाँले महानगरले समेत अहिले वृक्षा रोपणलाई तिब्रता दिएको र यसमा सबै क्षेत्रले साथ र सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । 

एलाइड युथ सोसाइटी र पहिलो पाइला नेपालको संयुक्त आयोजनामा रजत जयन्ती चोकमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागि हुँदै उहाँले युवाहरु जस्तै सबै क्षेत्रको साथ भए वीरगंजलाई वैभव बनाउन समय नलाग्ने बताउनुभयो । 

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति डा.दिपक शाक्य, सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंह, विभिन्न संघसस्थाका प्रतिनिधि, एलाइड युथ सोसाइटीका अध्यक्ष ओमकुमार झा, पहिलो पाइला नेपालका उपाध्यक्ष राज साह लगायतको सक्रिय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय