सिंहदरबारको आँखा गाउँतिर र मधेशतिर पनि जाओस : सांसद यादव

उर्जा मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु, तपाई काठमाडौँमुखी नहुनुहोस्

वीरगञ्ज । सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीलाई काठमाडौँको चार किल्ला बाहिर निस्केर मधेशका कृषकहरूले भोगिरहेको समस्या बारे बुझ्न सांसद् प्रदीप यादवले आग्रह गरेका छन् ।

National medical suchna

शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै जनता समाजवादी पार्टी नेपाल ९जसपा० को प्रमुख सचेतक समेत रहेका सांसद् यादवले काठमाडौँ र सिंहदरबार भित्रबाट मधेशका कृषकहरूको समस्या नदेखिने बताउँदै त्यस बाहिर नसिकेर मधेश भ्रमणमा जान आग्रह गरेका हुन् । 

‘म सभामुखमार्फत उर्जा मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु, तपाई काठमाडौँमुखी नहुनुहोस् । काठमाडौँमा बसेर किसानका समस्या देखिँदैन,’ उनले भने, ‘तपाईँ मधेशका किसानको सिँचाईको अवस्थालाई पनि हेर्नुहोस् । सिंहदरबारको आँखा गाउँतिर र मधेशतिर पनि जाओस् ।’

पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले चुरे दोहन र जलवायु परिवर्तनको प्रभाव मधेश प्रदेशमा देखिएको भन्दै चिन्ता पनि व्यक्त गरे । उनले मनसुनको बेलामा पनि वर्षा नहुँदा सिंचाई अभावका कारण किसान मारमा परेको बताए । 

यादवले मधेशका नहरमा स्काभेटर लगाएर सफाई नगरिएकोको कारण पनि कृषकहरूलाई समस्या भइरहेको उनले गुनासो गरे । कृषि प्रधान देशमा किसान नै पिडित भएपछि देश समृद्ध हुन नसक्ने बताउँदै उनले किसानका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्नुपर्नेमा जोड दिए । 

कृषकले भोगिरहेको समस्या प्रति सरकार अनुदार भएको बताउँदै उनले किसानलाई बिउ, मल र आवश्यक सिंचाईको व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय