समसामयिक :

पत्रकार खानको उपचारका लागी महानगर प्रमुखले सिंहले गरे ५० हजार सहयोग

बुधबार, असोज ३, २०८०

वीरगञ्ज । फोक्सोको रोगबाट ग्रसित पत्रकार नेहाल खानको उपचारका लागि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । 

National medical suchna

पत्रकार खानको अहिले नारायणी अस्पतालको आईसीयूमा राखेर उपचार चलिरहेको छ ।

पत्रकार खान अस्पतालमा भर्ना भएको जानकारी पाउनासाथ महानगरप्रमुख सिंहले बुधबार बिहान आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउनुभएको हो । 
महानगर प्रमुख सिंहका स्वकीय सचिव अफरोज आलम, प्रेस सल्लाहकार महेस दास, समाजसेवी एवं युवा नेता सुरेशमान सिंह लगायतले अस्पतालमा नै पुगेर खानलाई महागरप्रमुख सिंहले उपलब्ध गराउनुभएको चेक हस्तान्तरण गर्नुभएको हो । 

महानगरप्रमुख सिंहले पत्रकार खानको उपचारका लागि आफूले व्यक्तिगत रुपमा अहिले सहयोग गरेको थप सहयोगका लागि सँधै तत्पर रहेको पनि बताउनुभयो ।  

वीरगञ्जेली पत्रकार र पत्रकारिताको सुरक्षा तथा संरक्षणका लागि कहिल्यै पनि आफू पछि नहट्ने भन्दै उहाँले पत्रकार खानको उपचारका लागि आवश्यक पर्ने अन्य सबै सहयोग गरिने बताउनुभयो । 

पत्रकार खानको पत्नी पनि अहिले क्यान्सर रोगका कारण उपचाररत नै रहनु भएको छ ।

पतिपत्नी नै रोगबाट ग्रसित हुँदा उपचारका लागि आवश्यक रकम जुटाउन सञ्चारकर्मीहरुले सामाजिक सञ्जाल मार्फत आवश्यक सहयोग गर्न भन्दै सन्देस जारी नै गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय