लागुऔषध :

प्रतिबन्धित लागुऔषध सहित एकजना पक्राउ

आइतबार, भदौ ३१, २०८०

वीरगंज । पर्सा प्रहरीले प्रतिबंधित लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।

National medical suchna

पक्राउ पर्नेमा जिल्ला बारा जितपुर सिमरा उप महानगरपालिका वडा नम्बर २ बस्ने वर्ष ५० को प्रदीप बोहरा क्षेत्री रहेका छन।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले  वीरगञ्ज महानगरपालिका वडा नं.२ ईदगाह चौकबाट संकास्पदरूपमा पैदल हिडिरहेको अवस्थामा क्षेत्रीले बोकेको झोलाभित्र सेतोटेपले वेरिएको तिनवटा प्याकेटमा प्रतिबन्धित लागु औषध नुरफिन-१४७ एम्पुल, फेनारगन-१४७ एम्पुल र डाईजेल्याब १४७ एम्पुल गरी जम्मा ४४१ पिस फेला परेको प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाले जानकारी दिए।

लागुऔषध सहित क्षेत्रीलाई नियन्त्रणमा लिई थप आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय